images
images

‘कुलिङ पिरियड’मा एमालेले अन्तत म्याउँ गर्‍यो: प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुलिङ अफ पिरियडमा सत्तारुढ दल नेकपा एमालेले अन्तत म्याउँ गरेको टिप्पणी गरेका छन्।

आज काठमाडौँको सितापाइलामा सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा उनले संघीय निजामती सेवा ऐनमा गरिएको किर्तेमा एमालेको भूमिकाप्रति कटाक्ष गरेका हुन्।

प्रचण्डले भने, ‘कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउँ गर्‍यो।’ प्रतिनिधि सभाबाट विवादित ढंगले पारित हुँदै राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’को प्रावधान हटाउन सत्तारुढ एमाले नै अग्रसर देखिएको छ।

प्रतिनिधि सभाबाट सन्देशसहित पुगेको विधेयकलाई राष्ट्रिय सभाले असार ३१ गतेदेखि सैद्धान्तिक छलफल थालेको थियो।

हाल छलफलमा रहेको विधेयकमा एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक गोपाल भट्टराईसहित ५ जनाले संशोधन दर्ता गराएका हुन्।

संशोधन हाल्ने अन्य सांसदहरूमा सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला र सुमित्रा बीसी छन्।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS