images
images

नेपाली समाजमा आज साउन १५ खीर खाएर मनाइँदै

काठमाण्डौ – साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ ।

वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिने र हरियाली बढी हुने भएकाले घाँस धेरै पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिने गर्छ । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

गाउँघरमा सबैका घरमा दूध बाँडेर साउन महिनाभर आलोपालो खीर खाने चलन थियो । खीर स्वास्थ्यका हिसाबले पनि उत्तम मानिन्छ ।

यसैगरी, चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ ।

नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर खाने लौकिक चलन रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS