images
images

यात्रुवाहक बस मर्स्याङ्दी नदी तिरमा खस्यो

तनहुँ । तनहुँमा यात्रुवाहक बस मर्स्याङ्दी नदी तिरमा खसेको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा बा२ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस रोकिएपछि केही यात्रु बाहिर निस्किएको र केही बस भित्रै रहेका बेला बस चिप्लिएर सडकबाट तल झरेको एसपी शाहीले जानकारी दिए ।

दुर्घटना भएको बसमा पाँच जना यात्रु रहेको र त्यसमध्ये एक जना गम्भीर घाइते रहेकाले चितवनस्थित भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा शहीदलखन गाउँपालिका– ६ की ४० वर्षीया सुनु थापा छिन् ।

अन्य सामान्य घाइते हुनेमा तनहुँ शहीदलखन गाउँपालिका– ६ की ४३ वर्षीया सीता थापा, सोही ठाउँकी २८ वर्षीया मीना थापा मगर, गोरखा नगरपालिका– ९ का ५४ वर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका– १ गिरानचौरका ८ वर्षीय खुशी राम रामदाम छन् ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । बसलाई क्रेनको सहायताले सडकमा तान्ने काम भइरहेको एसपी शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्