बैतडी- बैतडीकाे सुर्नयाका युवा एकतावद्ध हुन थालेका छन् ।
अगामि निर्वाचनलाई केन्द्रित गरेर गाउँपालिकाका युवा एकतावद्ध हुन थालेका हुन् ।
अहिले सुर्नया युवा जागरण अभियान नै सञ्चालन गरेर उनिहरु भेटघाट छलफल, बहस गाेष्ठी गरि रहेका छन् ।
याे अभियानकाे नेतृत्व समाजसेवी युवा विशासल भट्टले लिएका छन् । केहिदिन पहिले पालिकाकाे वडा वडामा भेटघाट र छलफल सञ्चालन गरेकाे याे अभियानले आइतबार अत्तरियामा प्रवासबाट फर्किएका देशप्रेमी युवाहरूसँग भेटघाट गरेको छ।
भारतको श्रम बजारमा पसिना बगाइरहेका सुर्नयाका युवाहरू विभिन्न चाडपर्व लक्षित गरेर गाउँ फर्किरहेको अवस्थामा युवा सचेतनासहितको छलफल गरिएको अभियानका संयोजक विशाल भट्टले जानकारी दिए।
राजनीतिमा युवाहरुको आकर्षण बढाउनका साथै आर्थिक विकास, समृद्धि र सुशासनका लागि राज्यलाई खबरदारी गर्न युवा जागरण अभियान सुरु गरिएकाे उनले बताए ।
भेटघाटमा प्रवासी युवाहरूले प्रवासमा कमाएको जीवन अनुभव, विहानदेखि साँझसम्मको संघर्ष, र सुर्नयाप्रतिको सपना साझा गरे।
उनीहरूको बोलीमा पीडा सँगै, नेतृत्व परिवर्तनको दृढता पनि बोकेर गाउँघर फर्किरहेको बताएका छन्।
तपाईंहरूको ऊर्जा, सपना र संघर्षले हाम्रो गाउँको उज्यालो सम्भावना देखिएको छ, अभियानका संयोजक भट्टले भने।
कार्यक्रमले युवामा नेतृत्व चेतना, सामाजिक उत्तरदायित्व र राजनीतिक जागरुकताको सन्देश बोकेको र आधारभूत स्तरमा नेतृत्व विकास र परिवर्तनको बीज रोप्ने युवा जागरण अभियानको यो पाइला अब बिस्तारै लहर बन्ने संकेत देखिएको समेत अभियानका संयोजक भट्टले दाबी गरेका छन्।
अभियान प्रभावकारी वन्दै गएकाे भन्दै उनले परिवर्तनका पक्षधर एकजुट हुन थालेका बताए ।










प्रतिक्रिया दिनुहोस्