images
images

बैतडीकाे राैलाकेदार बहुमुखी क्याम्पसमा नयाँ भर्ना खुल्याे

बैतडी– बैतडीकाे राैलाकेदार बहुमुखी क्याम्पसमा भर्ना खुलेकाे छ ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं ५ मा रहेकाे  त्रिभुवन विश्व विद्यालबाट सम्बन्ध प्राप्त   क्याम्पसले नयाँ भर्ना खुला गरेको हाे ।

गत  वर्षबाट  पुन: सञ्चालनमा आएकाे क्याम्पसले  आइतबारदेखि बिए प्रथम वर्ष  मानविकी तथा समाजशास्त्रमा भर्ना खाेलेकाे क्याम्पस प्रमुख भरत मड‌ैले जानकारी दिनुभयाे ।

नेपाली, समाजशास्त्र र ग्रामीणविकास  पढ्न इच्छुक विद्यार्थीहरूले साउन २५  गते देखि  भर्ना हुन सक्ने बताइएकाे छ ।

कक्षा सञ्चालन कार्तिक १४ गतेदेखि सञ्चालन हुने क्याम्पस  प्रमुख मडैले बताए । २०७० सालमा स्थापना भएकाे राैलाकेदार बहुमुखी क्याम्पसमा विद्यार्थी अभावमा एक दशक बन्द रहेकाे थियाे ।

समुदायका  बुद्धिजीवी,  शिक्षा प्रेमि र सञ्चालक समितिकाे सक्रियताले  क्याम्पस पुन:सञ्चालनमा आएपछि अहिले  विद्यार्थी समेत बढ्दै गएका बताइएकाे छ।

राैलाकेदार बहुमुखी क्याम्पस पुनः सञ्चालनमा आए पछि उच्च शिक्षा हासिल गर्ने विद्यार्थी बढ्दै गएका क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र विष्टले बताए ।

क्याम्पस  घर पाइकमा नभएर उच्च शिक्षा आर्जन गर्नबाट बञ्चित विद्यार्थीकाे  राेजाइमा राैलाकेदार बहुमुखी क्याम्पस  परेकाे छ ।

राैलाकेदार बहुमुखी क्याम्पस सञ्चालन आएपछि घरपाइकमै  उच्च  शिक्षा पढ्न सजिलाे भएकाे विद्यार्थीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्