images
images

झाडापखालाका कारण अल्पायुमै अस्ताइन बैतडीकी आरती!

बैतडी– बैतडी आरतीकाे कलिलो उमेरमा निधन भएकाे छ ।

जिल्लाकाे  डिलाशैनी गाउँपालिका वडा नं -४ जोखल्लीका सुरेन्द्र बहादुर रोकायाकी १३ वर्षीया छोरी आरतीको झाडापखालाका कारण निधन भएकाे हाे ।

३ दिन पहिले नै झाडापखाला लागेर बिरामी परेकी आरतीकाे सोमबार बिहान करिब ५ बजेको समयमा घरमै निधन भएकाे  स्थानीय भरत नेगीले जानकारी दिए ।

झाडापखाला लागेर बिरामी परेकी उनलाई समयमै  स्वास्थ्यचाैकी नलैजादा  अकल्पनीय  निधन भएकाे  नेगीले बताए ।

वडाकै हाँडाकाेट स्वास्थ्य चौकीका इन्चार्ज बिरेन्द्र बोहराका अनुसार खानपानका कारण फूड पोइजन भएको र लगातार झाडापखाला तथा बान्ताका कारण उनको निधन भएको हाे।

यस विषयमा जाँचबुझको लागि स्वास्थ्य संस्थाको टोली मृतक आरतीको घरतर्फ गइरहेको छ ।

घरका एक थप सदस्यलाई पनि यस्तै लक्षण देखिएको जानकारी पाएको स्वास्थ्य चौकी इन्चार्ज बोहराले बताए ।

महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत आरतीको निधन भएपछि अहिले जोखल्ली गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्