images
images

बैतडी घर भएका एमाले नेता यथार्थ माओवादीमा प्रवेश

बैतडी- बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर ‘यथार्थ’ एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजन पश्चात एमालेमा सक्रिय रहेका थिए ।

कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।

माओवादी केन्द्रका बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ले दीपेन्द्र कुँवर पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्