images
images

रविलाई रुपन्देहीबाट नख्खु कारागार पुर्‍याइयो

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागार पुर्‍याइएको छ।

उनलाई शनिबार रुपन्देही कारागारबाट काठमाडौँ ल्याएर नख्खु कारागार पुर्‍याइएको हो।

रुपन्देही कारागारबाट रविलाई काठमाडौँ ल्याइने भएपछि त्रिभुवन विमानस्थलमा रास्वपाका नेता–कार्यकर्ताको भीड लागेको थियो। तर, प्रहरीले उनीहरूलाई छक्याउँदै रविलाई आयल निगमको बाटोबाट लुकाएर बाहिर निकालेको थियो।

रविले आफूलाई काठमाडौँ सरुवाका लागि निवेदन दिएपछि अदालतले पनि अनुमति दिएको थियो। तर, गृह मन्त्रालयको दबाबका कारण उनलाई रुपन्देही कारगारबाट सरुवा गरिएको थिएन।

रविले कारागारमा आफूलाई अमानवीय तरिकाले राखिएको बताएपछि केही दिनअघि राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देही कारागार अनुगमन गरेको थियो।

अनुगमनपछि रविलाई मानवअधिकारको मापदण्डअनुसार नराखिएको र उनलाई असुरक्षा रहेको आयोगले बताएको थियो।

आयोगको अनुगमनपछि चौतर्फी दबाब बढेपछि सरकारले रविलाई कारागार सरुवा गरेको हो।

प्रतिक्रिया दिनुहोस्