वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । आज बिहानै नुहाइ धुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दूध, दही, मही र पिँडालुको गाभा दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहि आएको स्थानीय लोक राज भट्टले जानकारी दिए ।
विषेशगरी आज विवाहित छोरीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाँडो, मासे माणालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ।
आज कै दिन गाउँका अग्ला डाडाँहरुमा बुढी हाल्ने चलन पनी रही आएको छ ।
गाउ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ।
यो थुप्रोलाइ स्थानिय भाषामा “बुढी हालेको’’ भन्ने गरिएको छ। यो बूढीलाइ असोज संक्रान्तिका साँझ प्रत्येक घर(घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ’बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको भट्टले बताउनुभयो ।
यस अनुष्ठानलाइ द्वापरकालिन मथुराकी पुतना को कथासङ्ग पनि जोडिएको छ।
सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्व छ ।










प्रतिक्रिया दिनुहोस्