काठमाण्डौ – आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो ।
२०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ ।
संविधान दिवस–२०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सरकारले देशको परिवर्तीत राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ ।










प्रतिक्रिया दिनुहोस्