images
images

एमाले बैतडीकाे इन्चार्ज चेन्ज, भट्ट हटाएर, भण्डारीलाई जिम्मेवारी

बैतडी– नेकपा एमाले बैतडीको जिल्ला इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य दामोदर भण्डारीलाई दिइएको छ ।

पार्टीको आज बसेको सचिवालय बैठकले भण्डारीलाई बैतडी जिल्ला इञ्चार्जको जिम्मेवारी प्रदान गरेको हो ।

यसअघि एमाले बैतडीको इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य लिलाधर भट्टले सम्हाल्दै आएका थिए ।

संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै पार्टीले भण्डारीलाई नयाँ जिम्मेवारी दिएको बताइएको छ ।

यसैबीच, नेकपा एमाले बैतडीले भण्डारीलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारका रूपमा पनि सिफारिस गरेको छ ।

जिल्लाबाट उनको एकल नाम उम्मेदवारका लागि सिफारिस गरिएको एमाले बैतडीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्